+
+
Shares

३ वटा भरूवा बन्दुकसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १८:३०
Photo Credit : अनलाइनखबर फाइल

२५ भदौ, काठमाडौं । कास्कीमा प्रहरीले ३ नाल भरूवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बुधबार माछापुच्छ्रे गाउँपालिका-२ खम्राङका ४८ वर्षीय बमबहाददुर तामाङ लगायत ४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबोट घरमा लुकाइ राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाइभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, एक थान भरुवा बन्दुकको बट, करिब ५ केजी सतुवा र २ थान भरुवा बन्दुकको नाल बरामद गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?