Comments Add Comment

ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुटबारे सुझाव दिन समिति गठन

२५ भदौ, काठमाडौं । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा छुट दिने घोषणा गरेको सरकारले यससम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको हो ।

समितिले सरोकारवाला निकायसँग छलफल गरी कार्यान्वयनको आधारसहित सुझाव दिने छ ।

मन्त्रालयका सहप्रवक्ता तथा उपसचिव प्रकाश शर्मा ढकालका अनुसार समितिमा अर्थ मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक, नेपाल वायुसेवा निगमका निर्देशकस्तरका प्रतिनिधि, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा संचालक संघ नेपालका प्रतिनिधिलाई सदस्यका रुपमा तोकिएको छ ।

पर्यटन मन्त्रालय, हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव सदस्य सचिव रहने गरी समिति बनाइएको हो ।

हवाई इन्धनको मूल्य घटाउन र अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय वायुसेवा कम्पनीलाई सुहलियत प्रदान गर्ने सम्बन्धमा पनि समितिले सुझाव दिने छ । आन्तरिक भाडादरमा आन्तरिक र बाहृय पर्यटकलाई फरक-फरक भाडा लिने गरेकोमा त्यसमा एकरुपता ल्याउने बारे पनि सुझाव दिने गरी अधिकार तोकिएको छ । यस समितिलाई ३० दिनको समयावधि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment