+
+
Shares

पार्टीलाई एकढिक्का बनाएर अघि बढौं : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते २०:०९

२५ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई भुलेर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पार्टीभित्रको आन्तरिक कलहले चुनावमा पराजय भोग्नु परेको स्मरण गर्दै कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।

‘वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने हो,’ नेता कोइरालाले भने, ‘यही मूलमन्त्रलाई आत्मसाथ गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढौं ।’

‘वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन,’ बुधबार विभिन्न जातका विरुवा रोपेर मकवानपुरबाट दोश्रो चरणको जागरण अभियानको थालनी गर्दै नेता कोइरालाले भने, सरकारको गलत क्रियाकलापको भण्डाफोर गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?