Comments Add Comment

नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते

२६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न यही भदौ २८ गते निर्वाचन हुने भएको छ । सर्वोच्चले निर्वाचनको बाटो खोलिदिएपछि भदौ २८ गते बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन गर्न लागिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा निर्वाचन हुने जानकारी दिए ।

यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनको मतदान कार्यक्रम भदौ २० गते तोकिएको थियो । तर, निर्वाचन स्थगित गर्न माग गर्दै कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्चले भदौ १७ गते अन्तरिम आदेश दिँदै निर्वाचन नगर्न भनेको थियो ।

गत आइतबार दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने फैसला सुनाएको थियो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मैदानमा छन् । महासचिव पदमा भने उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे र जीवनराम प्यानलबाट निलेन्द्रराज श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment