+
+
Shares

लद्दाखमा चीन र भारतको सैनिकको धक्कामुक्की

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २६ गते १२:४०

काठमाडौं । लद्दाखको भारत चीन सीमामा भारत र चीनका सैनिकबीच तनाव उत्पन्न भएको छ । टाइम्स अफ इण्डियाकालेे सुत्रलाई उद्धृत गर्दै बुधबार पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच धक्कामुक्की भएको बताएको छ ।

समाचारमा जनाएअनुसार यो घटना १३४ किलोमिटर लामो पेङगोङ लेकको पूर्वी किनारामा भएको हो, जसको दुई तिहाई भागमा चीनको नियन्त्रण छ । गस्तीमा गएको भारतीय सैनिक टोलीको चिनियाँ सेनासँग जम्काभेट भएको र चिनियाँ पइाले भारतीय पक्षको उपस्थितिको विरोध गरेपछि तनाव भएको बताइएको छ ।

यो विवादपछि भारत र चीन ब्रिगेडियर स्तरको द्वीपक्षीय कुराकानीका लागि तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?