
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थप्नुका साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा सुरु गरिएको छ।
- क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो।
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए।
२८ असार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो । सेवा शुरुआत गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए ।
अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सहज हुने भन्दै मन्त्री पौडेलले थप विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।
बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एउटै बेडमा दुई जनासम्म भर्ना गर्नु परेकाले थपेर ग्रीन एरियामा १५ शय्या पुर्याइएको हो ।
यसअघि उक्त वार्डमा जम्मा आठ वटा मा बेड थिए । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्याका विरामी राखिने एल्लो एरियामा भने अब २० शय्या हुने भएको छ ।
प्रतिक्रिया 4