Comments Add Comment

विदेशी ज्वाइँलाई नागरिकता दिन सकिन्न : सरकार

२६ भदौ, काठमाडौं । सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने बताएको छ ।

नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भइरहेको छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।

तर समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताए । विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्नु र यसका लागि ३/४ वर्ष समय लाग्ने उनले बताए ।

यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment