Comments Add Comment

सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

२६ भदौ, काठमाडौं । सावित्रा भण्डारीले किर्गिस्तान भएको नदेज्दा कप महिला फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

नेपाललाई नदेज्दा कप महिला फुटबलको उपविजेता बनाउने क्रममा उनले सात गोल गरिन् । बिहीबार भएको फाइनल खेलमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै सावित्राले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् ।

फाइनलमा सावित्राले खेलको ६७ औं मिनेटमा र ९०औं मिनेटमा गोल गर्न सफल भइन् । तर यो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित हुँदै उपविजेतामै सीमित बन्यो ।

सावित्राले यसअघि पहिलो खेलमा किर्गिस्तानसँग ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । उक्त खेलमा नेपाल ८–२ गोलअन्तरले विजयी भएको थियो । अर्को खेलमा ताजिकिस्तानविरुद्ध सावित्राकै एक मात्र निर्णायक गोलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

योसँगै सावित्राले नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने अनु लामाको कीर्तिमानलाई पनि भेटाएकी छिन् । यसअघि अनु लामाको राष्ट्रिय टिमबाट नेपालका लागि ३५ गोलको कीर्तिमान थियो ।

सावित्राले पनि ३५ गोल पूरा गर्दै अनु लामाको कीर्तिमान भेटाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment