Comments Add Comment

‘पासवर्ड’ रिलिज, ‘मारुनी’ तेश्रो सातामा

नायक अनुप विक्रम शाही, विक्रम जोशीको साथमा बलिउड नायिका सन्नी लियोनीको आइटम गीत समावेश चलचित्र ‘पासवर्ड’ आजबाट रिलिज भएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर समेत गरियो । प्रिमियरमा चलचित्रलाई औषत प्रतिक्रिया मिलेको छ ।

यो चलचित्रसँगै अर्को नेपाली चलचित्र ‘हिरो नम्बर १’ पनि रिलिज भएको छ । यस्तै, भदौ १३ गतेबाट रिलिजमा आएर सुखद व्यापार गरिरहेको चलचित्र ‘मारुनी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । पहिलो साताको सोमबारदेखि व्यापारि रफ्तार समातेको यो चलचित्रले दोश्रो सातामा पनि सुखद व्यापार गरेको थियो ।

अर्को साता, नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भएकाले ‘मारुनी’लाई यो साताको व्यापार महत्वपूर्ण छ । नवल नेपाल निर्देशित यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ मुख्य भूमिकामा छन् । पूनम गौतम चलचित्रकी निर्मात्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment