Comments Add Comment

सिद्धबाबा सडक खण्डमा पहिरो : जीप पुरिँदा १ जनाको मृत्यु, ४ घाइते

Photo Credit : पाल्पाको तिनाउ गाउँपालिकाको दोभान हेडबक्स नजिकै खसेको पहिरोले क्षतिग्रस्त लु १ ज २६१७ नम्बरको जीप ।

२७ भदौ, काठमाडौं । सिद्धबाबा सडक खण्डमा पहिरोले २ गाडी पुरिँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाकाे दोभान हेडबक्स नजिकै शुक्रबार बिहान १०ः३० बजे खसेको सुख्खा पहिरोले लु १ ज २६१७ नम्बरको जीप पुरिँदा गुल्मी छापचौरका जीप चालक कमल परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पामा कार्यरत एसपी दीपेन्द्र जीसीले परियारकाे  घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।  एसपी  जीसीका अनुसार सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका छन् ।

उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ ।

त्यस्तै, लु २ च ५९३८ नम्बरको स्कार्पियो गाडी पनि सुख्या पहिरोमा परेको थियो । यद्यपि, स्कार्पियोमा सवार व्यक्तिहरू भने सकुसल रहेकाे प्रहरीले जनाएकाे छ ।

सुख्या पहिरो खसेपछि सिद्धबाबा राजमार्गको सडकखण्डकाे आवागमन प्रभावित हुन पुगेको थियो । पहिरो खसेको १ घण्टापछि सडकको अवरोध हटाएर सवारी एकतर्फी सञ्चालनमा ल्याइएको एसपी जीसीले अनलाइनखबरलाई जानकारी दिए ।

‘सुख्खा पहिरोपछि अवरुद्ध भएको सडक एकतर्फी खुलाएर सवारी आवागमन सञ्चालनमा ल्याएका छौं’, जीसीले भने, ‘बाँकी अवरोध हटाएर दुर्ईतर्फी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment