Comments Add Comment

‘रातो टिका निधारमा’को शिर्ष गीतमा साम्राज्ञी र अंकितको छमछमी

चलचित्र ‘रातो टिका निधारमा’को शिर्ष गीत रिलिज गरिएको छ । चलचित्र ‘अल्लारे’मा समावेश गीतलाई रिमेक गर्दै चलचित्र ‘रातो टिका निधारमा’मा समावेश गरिएको हो । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमोद खरेल र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको हो ।

असोजको १० गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई अशोक शर्माले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको गीतमा शम्भुजित बास्कोटाको संगीत, सहदेव ढुंगानाको शब्द छ । पुरानो गीतमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव–कलाकार अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरु बसुन्धरा भुषाल, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ ।

बसन्त श्रेष्ठले कोरियोग्राफी गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । किरण शर्मा र कृती शर्माले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रले बैदेशिक रोजगारीको कथालाई रोचक तरिकाले उठान गरेको छ । नेपाली चलचित्रका गीतहरु रिमेक हुँदा अत्याधिक मात्रामा गाली आउने गरेपनि यो गीतको भिडियो र अडियोले भने दर्शकको माया पाउने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment