Comments Add Comment

राजतन्त्र कुनै पनि हालतमा फर्किँदैन : देउवा

२८ भदौ, दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताएका छन् ।

दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए । ‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन’, उनले भने, ‘यो हल्ला मात्रै हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए । उनले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन् । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।’

प्रदेश राजधानीबारे सोधिएको प्रश्नमा उनले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएको बताए । उनले अघि भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ, यो विषयमा उहाँलाई नै सोध्नुस् ।’

देउवाले बाँके कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment