Comments Add Comment

बेँसीशहर–चामे सडक १७ दिनपछि खुल्यो, पहिरोको जोखिम यथावत

२९ भदौ, लमजुङ । लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरको पहिरोले १७ दिनदेखि अवरुद्ध सडक शनिबार साँझबाट सञ्चालनमा आएको हो ।

करिब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको छ । पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जिनीयर सुमन अधिकारीले बताए ।

उनका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ ।

सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने यथावत रहेको सडक डिभिजन कार्यालय, दमौली तनहुँले जनाएको छ ।

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भए पनि लमजुङ र मनाङको सीमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले बताए । ख

यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् । चाडपर्व नजिकिएसँगै सामानसमेत ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीयवासी खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment