Comments Add Comment

भेगन र शाकाहारी हुँदा के हानी हुनसक्छ ?

एक प्रमुख अध्ययनबाट थाहा भएको छ कि भेगन र शाकाहारी भोजनले मुटुको रोगको खतरा कम गर्छ, यद्यपि यसले स्ट्रोकको खतरा बढाउँछ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशिलत यस शोधमा १८ बर्षसम्म ४८ हजार मान्छेबीच अध्ययन गरियो । प्रति हजार मासु खाने व्यक्तिको तुलनामा भेगन र शाकाहारी व्यक्तिमा हृदयको धमनी (सिएचडी)सँग जोडिएको रोग कम देखियो । जबकि स्ट्रोकको खतरा भने बढी पाइयो ।

पोषण विज्ञका अनुसार मान्छे शाकाहारी होस् वा मांसाहारी, उनले विभिन्न चिज खानुपर्छ, जो उनको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

यस अध्ययनमा अरु के छ ?

यसमा ईपी आइसी-अक्सफोर्ड अध्ययनबाट प्राप्त आंकडाको विश्लेषण गरिएको छ । ईपीआईसी अक्सफोर्ड आहार र स्वास्थ्यमाथि गरिने एक प्रमुख दीर्घकालिन शोध परियोजना हो । अध्ययनमा सामेल आधा व्यक्ति मांसाहारी थिए, जसले सन् १९९३ देखि २००१ को बीच यसमा सामेल गरिएको थियो । १६ हजार व्यक्ति भेगन र शाकाहारी थिए । यस बाहेक ७ दशमलव ५ हजार यस्ता व्यक्ति थिए, जसले आफुलाई पेसेटेरियन बताए । अर्थात उनीहरु माछा त खान्थे, मासु खाँदैनथे ।

ति सबैलाई सुरुवातमा उनीहरुको आहारको बारेमा सोधियो । फेरी यही जानकारी सन् २०१० मा दोस्रो पटक लिइयो ।

केवल आहार मात्र होइन, उनको स्वास्थ्यको इतिहास कस्तो थियो, धुमपान र शारीरिक गतिविधिसम्मको बारेमा जानकारी लिइयो । कुल मिलाएर हृदयको धमनीसँग जोडिएको रोग (सीएचडी) को २८ सय २० रोग पाइयो । त्यसैगरी १ हजार १७ स्ट्रोकको रोग पाइयो, जसमध्ये तीन समयमा मस्तिष्कको नसा फाट्ने समस्या थियो ।

मांसाहारीको तुलनामा पेसेटेरियनमा हृदयको धमनीसँग जोडिएको रोगको जोखिम १३ प्रतिशत कम थियो । जबकि भेगन र शाकाहारीमा यो जोखिम २२ प्रतिशत कम थियो । यद्यपि शाकाहारीमा स्ट्रोकको जोखिम २० प्रतिशत बढी पाइयो । शोधकर्ताका अनुसार यो भिटामिन बि-१२ को कमीको कारण हुनसक्छ । यद्यपि यस कुरालाई पुष्टि गर्नका लागि अरु पनि अध्ययनको जरुरी छ ।

यो पनि संभव हुनसक्छ कि स्ट्रोकको जोखिमसँग उनीहरुको डाइटसँग कुनै लिनुदिनु छैन र यसले केवल उनीहरुको जिउनेको तरिकाको अन्तर दर्शाउँछ, जो मासु खाँदैनन् ।

त्यसो भए भेगन र शाकाहारी हुनु गलत हो ?

बि्रटिश डाइटेटिक एसोसिएशनका डा. फ्रैंकी फिलिप्स यस प्रश्नको जवाफ ‘होइन’मा दिन्छन् । उनी भन्छन्, ‘उनले बर्षौसम्म मान्छेको खानपानमा ध्यान दिए यसैले यो एक तर्क हुनसक्छ तर यो कुनै कारण र प्रभाव होइन ।’ मान्छेले एक उत्कृष्ट योजना बनाएर आहार र विभिन्न प्रकारका खाद्य पदार्थ सेवन गर्नुपर्ने उनको भनाई छ । ‘मासु खानेका लागि आवश्यक छैन कि उनले हरेक रात अलग अलग किसिमको आहार खानुपर्छ उनीहरु बिना सब्जीको मासु र आलु खाएर बाँच्न सक्छ ।’

के मान्छेको खानपान बद्लियो ?

सन् २०१० मा शोधकर्ता अध्ययनमा सामेल प्रतिभागीकहाँ दोस्रो पटक पुगे र उनीहरुको डाइटबारे सोधे । यद्यपि डा. फिलिप्सका अनुसार भेगन र शाकाहारी व्यक्तिको डाइट बद्लिएको हुनसक्छ । उनी भन्छन्, ‘यो त्यही तथ्यांक हो जुन केही दशक पहिले एकत्रित गरिएको थियो ।’ उनका अनुसार के हुनसक्छ भने आजको शाकाहारी भोजन २०-३० बर्षअघिको शाकाहारी भोजन र भेगन भन्दा अलग हुनसक्छ ।’ भेगन र शाकाहारी आहारको श्रेणीमा धेरै मात्रामा परिवर्तन आयो ।

हाम्रो थालीमा के हुनुपर्छ ?

शाकाहारी र मांसाहारी व्यक्तिका लागि सन्तुलित आहार हुनुपर्छ, यसको दावी बि्रटिश नेशनल हेल्थ सर्भिसको ‘इटवेल गाइड’मा गरिएको छ ।

–     दिनमा कम्तीमा पाँच किसिमको फल र सब्जी खानुपर्छ ।

–     आलु, रोटी, चामल, पास्ता जस्ता फाइबर र स्टार्चयुक्त आहार लिनैपर्छ ।

–     प्रोटिन लिन नभुलौं । कम बोसोयुक्त मासु, माछा, समुन्द्री भोजन, दाल, सोयाबिन र बदाम आवश्यै खानुपर्छ ।

–     दुधजन्य परिकार सेवन गरौं वा यसको विकल्प खोजौं ।

भेगन र शाकाहारी व्यक्तिका लागि केही अतिरिक्त पोषक तत्वको जरुरत हुन्छ । उदाहरणका लागि जो मान्छे मासु, दुधजन्य र मासु खान्छन्, उनीहरुलाई भिटामिन बि १२ को कमी हुन हुँदैन । यो स्वास्थ्य रगत र स्नायु प्रणालीका लागि जरुरी हुन्छ ।

बिबिसी हिन्दीबाट भावनुवाद 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment