Comments Add Comment

क्यानडाको बेबी ब्रान्ड बीबीलुभ अब नेपालमा

२९ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलुभको अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता आईएमएस अन्तर्गत आईएमएस लिटिल स्माइल्स कम्पनीले बीबीलुभ को सामाग्रीहरु भित्र्याएको छ ।

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम आईएमएस लिटिल स्माइल्स सिटी सेन्टर, कमलपोखरी मा छ, जुन पि्रमियम मल्टी ब्राण्ड सोरुम हो ।

बेबी ब्राण्डहरु जस्तै डाक्टर ब्राउन्स, क्रेन एन्ड हिमालय बेबी केयरका साथसाथै बीबीलुभका प्रायः जस्तो सामानहरु सोरुममा उपल्ब्ध छ ।

क्यानडियन ब्राण्ड बीबीलुभले बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ टाइम, आउटडोर्स लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ । बीबीलुभले गुणस्तरीय उत्पादनहरु प्रदान गर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ ।

कम्पनीले बीबीबलुभको उत्पादनहरु स्मार्ट डोकेबाट पनि उपलब्ध गराएको छ, जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment