Comments Add Comment

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले गरे सम्पदाको अवलोकन

२९ भदौ, काठमाडौं । इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले आइतबार भक्तपुर तथा ललितपुरका सम्पदाहरुको अवलोकन गरेका छन् ।

महानगरपालिकाका प्रमुुुख विद्यासुन्दर शाक्य समेतको टोलिमिा विभिन्न ६ देशका पाहुनाहरुले अवलोकन गरेको हो । उनीहरु महानगरको निमन्त्रणमा इन्द्रजात्रा हेर्न काठमाडौं आएका थिए ।

इन्द्रजात्राको अवलोकन पछि आइतबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहितको टोलिसँग विदेशी पाहुनाहरुले विश्वसम्पदा सूचिमा सूचिकृत स्थानहरु स्वयम्भू, भक्तपुर, ललितपुर दरबार र पर्यटकीय क्षेत्र अवलोकन गरेको महानगर योजना आयोगका सञ्चार विज्ञ मोहन बास्तोलाले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले चीन, भारत, अमेरिका, जापान र भुटानका ११ नगरपालिकाका ४१ विदेशी पाहुनालाई शुक्रबार काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराएको थियो भने शनिबार चन्द्रागिरी र स्वयम्भूको भ्रमण गराएको थियो ।

आइतबार भने भक्तपुर र पाटन दरबार क्षेत्रको अवलोकन गराएको थियो । आइतबारको भ्रमणले निकै उत्साहित भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । भ्रमणमा सहभागी भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर अवतार सिंहले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको भन्दै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिने बताए ।

‘नेपाल भ्रमण मैले सोचे भन्दा धेरै राम्रो भयो । यहाँका कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने र जिवन्तता दिने शैलीले थप प्रभावित भएँ’ सिंहको भनाई उदृत गर्दै बास्तोलाले भने ।

काठमाडौँ महानगरपालिका मेयर शाक्यले विदेशी पाहुनलाई बोलाएर नेपालको संस्कृति, संम्पदा र परम्पराका बारेमा जे छ त्यहि जानकारी गराएको बताए ।

‘पाहुनालाई बोलाएपछि रातारात विग्रिएका सम्पदालाई लिपपोत गर्ने र टालटुल गरेर देखाउने चलन छ,’ मेयर शाक्यले भने, ‘हामीले यो पटक विदेशी पाहुनालाई भित्री शहरका धेरै ठाउँ घुमाएर त्यहाँको जिवन्ताका बारेमा जानकारी दियौँ । पुनर्निर्माण हुँदै गरेका सम्पदा र परम्परागत सस्कृतिका बारेमा पनि हामीले प्रत्यक्ष जानकारी दियौँ ।त्यति मात्र होइन नेपालमा शान्ति छ ।

नेपाल घुम्न आउँदा कुनै पनि समस्या छैन भन्ने सन्देश उहाँहरुलाई दिन सफल भयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment