+
+
Shares

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

रासस रासस
२०७६ भदौ ३० गते ११:१४

३० भदौ, फिक्कल । नेत्रविक्रम चन्द (विप्लव) समूहका इलाम जिल्ला सेक्रेटरी दीपेन राई जेलबाटै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीति गलत भएकाले उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दीपेन गत चैत २० गते झापाको विर्तामोडबाट पक्राउ परेका थिए । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?