Comments Add Comment

समाजवादी पार्टीको निर्णयः दिपावली र कालो दिवस दुबै बहिस्कार

३० भदौ, काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन दिपावली नगर्ने भएको छ । साथै कोलो दिवसका रुपमा पनि नमनाउने भन्दै उसले दुबै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

सरकारले ३ असोजलाई भब्य रुपमा मनाउने बताएको छ र, नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको छ ।

तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको छ । ३ असोजमा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment