Comments Add Comment

जहाजभित्र डेंगुको औषधि छर्कन मन्त्रीको निर्देशन

३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उडानपूर्व जहाजभित्र डेंगुको औषधि छर्किने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको बिषयमा सरोकारवालाबीच छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री भट्टराईले ‘भ्रमण वर्ष–२०२०’ र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर निराकरण गर्न आवश्यक तयारी तथा पूर्व सतर्कतामा जोड दिएका थिए । उनले होटेल संघ नेपाल, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने निकायहरुलाई आफ्नो क्षेत्र सफा राख्न, पर्यटकलाई सूसुचित गर्न तथा मापदण्डअनुसार औषधि प्रयोग गर्न–गराउन आग्रह गरे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सही सूचना शिघ्र प्रवाह गरी यसको असर न्युनीकरण गर्नुपर्ने उनको भनाइ थियो । खुल्ला क्षेत्र रहेका तथा पर्यटकको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहालगायतका पर्यटकीय क्षेत्रमा सरसफाई अभियान चलाउनसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment