Comments Add Comment

दयाहाङ र उपासनाको ‘माया पिरती’

असोज ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको गीत सार्वजनिक भएको छ । कालिप्रसाद बास्कोटाको स्वर तथा संगीत रहेको यो गीतमा कालिप्रसादसँगै सविन एकतारेको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई देखाइएको छ । यो गीतको भिडियो हेर्दा काजीको भूमिकामा रहेका दया चलचित्रमा उपासनासँग प्रेम गर्ने वा नगर्ने दोधारमा देखिएका छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा रीश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट रहेको चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियारको लगानी छ ।

निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन छ । रेनशा वान्तवा राइले यो भिडियोको कोरियोग्राफी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment