
काठमाडौं । इन्द्रजात्राको रौनकमा एक सातासम्म काठमाडौं झुम्यो । २४ भदौमा सुरु भएको जात्राको अन्तिम दिन बुधबार विहान यःसिं (लिंगो) ढालेपछि जात्रा सकिनेछ ।
राष्ट्रिय पञ्चांग निर्णायक समितिकाअनुसार बुधबार बिहान ५ बजेर ३५ मिनेटमा साइत निस्किएको छ ।
इन्द्रजात्रामा नानिचाःयाको रात लिंगो ढालिन्छ । त्यसअघि काठमाडौंका भित्री वस्तीहरूमा रथयात्रा गरिन्छ । र, रथ महिलाहरुले मात्र तान्छन् । यट्खा, नरदेवी, किलागल, भेडासिं, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानेपछि लिंगो ढालिन्छ ।
ढालिएको लिंगो टेकु दोभान पुर्याएर बाग्मतीमा विसर्जन गरेपछि इन्द्रजात्रा विधिवत रूपमा समापन हुन्छ । यसलाई ‘इन्द्रध्वज पतन’ पनि भन्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4