Comments Add Comment

स्वस्तिमा र पूजाको बक्स अफिसमा टकराव

नायिका स्वस्तिमा खड्का र पूजा शर्माविच शितयुद्ध नै छ । नायिका स्वस्तिमा खड्काले एक कार्यक्रममा २० लाख लिने कलाकारले निर्मातालाई ५० लाख फिर्ता गर्न सक्नुपर्ने भन्दै अभिव्यक्ति दिएपछि पूजा र स्वस्तिमाविच शितयुद्ध चलेको हो ।

धेरैले स्वस्तिमाको यो धारणा पूजा शर्मा लक्षित थियो भनेर पनि टिप्पणी गरेका छन् । स्वस्तिमाले भने आफूले यस्तो धारणा कुनै कलाकारलाई लक्षित गरेर नदिएको बताइसकेकी छिन् । तर, पनि यो घटनाबाट दुई नायिकाविच शितयुद्ध चलिरहेको छ ।

तर, अब बक्स अफिसमा पनि दुई नायिकाको भिडन्त पक्का भएको छ । कात्तिकको ८ गते नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘पोई पर्यो काले’ रिलिज हुने पक्का थियो । तर, अब यो मितिमा नै स्वस्तिमा खड्का अभिनित चलचित्र ‘घामड शेरे’ले पनि रिलिज डेट तोकेपछि दुई नायिकाविच भिडन्त पक्का भएको हो ।

चलचित्र क्षेत्रमा यो भिडन्तलाई पूजा भर्सेस स्वस्तिमाको स्टारडमको लडाइको रुपमा विश्लेषण गर्न थालिएको छ । तिहारको अवसर पारेर रिलिज हुन लागेको ‘पोई पर्यो काले’मा पूजाको अलवा सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतको मुख्य भूमिका छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । यस्तै, हेमराज वीसी निर्देशित ‘घामड शेरे’मा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ ।

बक्स अफिसमा हुने यो टक्करले पूजा र स्वस्तिमाको स्टारडम प्रष्ट पार्नेछ । किनकी, चलचित्र क्षेत्रमा अहिले यी नायिकाहरुविच को अगाडि भन्ने प्रतिस्पर्धा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment