+
+
Shares

सय करोड क्लबमा सुशान्त र श्रद्धाको ‘छिछोरे’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १२:४९

बलिउडमा यतिबेला स्टारको महत्व पर्दा बाहिर मात्र छ । पर्दा भित्र स्टार कथा छ । कथा उत्कृष्ट भएको चलचित्रले व्यापारिक रुपमा ब्लकबस्टरको व्यापार गरिरहेका छन् । ओपनिङ सामान्य भएपनि चलचित्र लामो रेशको घोडा बनेका छन् ।

दुई साता अगाडि रिलिजमा आएको चलचित्र ‘छिछोरे’ अहिले बिषयवस्तु शक्तिशाली भएको आनन्द उठाइरहेको छ । चलचित्रको व्यापार पहिलो दिनमा ७ करोड थियो । तर, दर्शकको बलियो वर्ड अफ माउथका कारण चलचित्रले दोश्रो साताको मंगलबारसम्म आइपुग्दा नै सय करोड कमाएको छ ।

दोश्रो साताको शुक्रबार ५.३४ करोड, शनिबार ९.४२ करोड, आइतबार १०.४७ करोड, सोमबार ४.०२ करोड र मंगलबार ४.११ करोडको व्यापार गर्दै यो चलचित्रले सय करोडको आँकडा छोएको छ । दोश्रो साताको मंगलबारसम्म आइपुग्दा चलचित्रले १०२ करोड कमाएको छ ।

चलचित्रमा सुशान्त सिंह राजपतु र श्रद्धा कपुरको मुख्य भूमिका छ । ‘साहो र छिछोरे’ले सय करोड क्लबलाई पार गरेसँगै नायिका श्रद्धा कपुरको करिअरमा समेत नयाँ गती आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?