+
+
Shares

फिस्लिङमा माइक्रोबस र ट्रक ठोक्किँदा ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १५:४०

१ असोज, काठमाडौं । चितवनको मुग्लिङ्ग-नारायणगढ सडकखण्ड अन्तर्गत  फिस्लिङमा बुधबार माइक्रोबस र मालबाहक ट्रक एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा४ख १४२७ नम्बरको माईक्रोबस र बिपरित दिशाबाट आइरहेको ना८ख ३४३० नम्बरको ट्रक ईच्छाकामना-३ स्थित फिस्लिङमा एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार ४ जना घाइते भएका हुन् । माइक्रोबस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?