Comments Add Comment

महासंघको महानिर्देशकमा धरणीधर खतिवडा

१ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ । नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार पदबहाली गरे ।

नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए । खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व लिएका थिए ।

पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्दैै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ/संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिए ।

पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरू लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment