+
+

नकारात्मक ट्रोललाई पनि सकारात्मक रुपमा लिनुपर्छः साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १२:३६

केही समय अगाडि चलचित्र ‘जय भोले’मा काम नगर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा खबर भाइरल नै भयो । चलचित्रमा गाउँले भूमिका भएका कारण साम्राज्ञीले काम नगरेको खबर भाइरल भयो ।

यसले साम्राज्ञीलाई निकै नै ठूलो असर गर्यो । साम्राज्ञी भन्छिन्–‘मैले सोच्दै नसोचेको कुरा कसरी आयो मलाई नै थाहा छैन । तर, मैले गाउँले भूमिका नै गर्दिन वा सक्दिन भनेर सोच्ने दर्शकको शंका अब हट्छ । रातो टिका निधारमा हेरेपछि सायद यो कुरा स्पष्ट हुन्छ होला ।’

साम्राज्ञीले बजारमा चल्ने ट्रोल, मिडियामा आउने गसिपलाई सकारात्मक रुपमा हेर्नुपर्ने पनि बताइन् । भनिन्–‘चर्चा नभएको भन्दा त भएकै राम्रो हो । मैले हरेक बर्ष एउटा चलचित्रमा काम गरिरहेकी छु । झन् राम्रो काम गर्ने चाहना बढिरहेको छ । यसैले, काम गर्न भने छाड्नु हुँदैन । बजारमा आउने विभिन्न चर्चा नभएको भन्दा भएको नै राम्रो हो ।’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गर्दा सिंगो टिम नै राम्रो भएको खण्डमा आफूले पनि राम्रो काम गर्न सक्ने सुनाइन् । भनिन्–‘यसपटक मैले मारुनी र रातो टिका निधारमा’ जस्तो राम्रो कथामा काम गर्न पाएँ । जनवरीबाट हेमराज वीसीको निर्देशनमा बन्ने चलचित्रको वर्कशप सुरु हुँदैछ । हरेक बर्ष नयाँ र फरक कथामा काम गर्ने रहर बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?