Comments Add Comment

जसिता र धिरजको केमेष्ट्री

नायक धिरज मगर र नायिका जसिता गुरुङ केही बर्ष अगाडि प्रेममा रहेका थिए भन्ने खबर नेपाली संचारमाध्यममा सार्वजनिक भैसकेको छ । धिरज र जसिताको प्रेम किन टुट्यो, यो बिषयमा दुबैले केही बोलेका छैनन् ।

तर, अब यो जोडी एकसाथ चलचित्रमा काम गर्दैछ । धिरज र जसिताले अभिनय गर्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन तिहारपछि सुरु हुनेछ ।

धिरज र जसितालाई निर्देशक रेनशा वान्तवा राइले पहिलो पटक पर्दामा उतार्न लागेकी हुन् । यो जोडी बिहिबार काठमाण्डौको नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘वान सिनेमाज्’को उद्घाटन गर्न पुगेको थियो ।

नायिका जसिता गुरुङ बोल्ड अवतारमा देखिएकी थिइन् । उनी, गतबर्ष रिलिजमा आएको चलचित्र ‘लभ स्टेशन’पछि मिडियामा पनि खासै देखिएकी थिइनन् । यस्तै, गतबर्ष नै रिलिजमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिजपछि नायक धिरज मगर पनि मिडियासँग टाढा नै छन् ।

कार्यक्रममा जसिता र धिरजको केमेष्ट्री गज्जबको देखियो । सायद, निर्देशक वान्तवाले अहिलेदेखि नै धिरज र जसिताको जोडीलाई चर्चामा ल्याउन चाहेको हुनसक्छ । यसैले, हल उद्घाटनका लागि पनि रेनशाले आफ्नो नयाँ चलचित्रका नायक–नायिकालाई नै रोजेकी थिइन् ।

 

बाँनेश्वरमा खुल्यो नयाँ हल, यस्ता छन् सुविधा(फोटो र भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment