
३ भदौ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) को कप्तान विराट कोहली नै हुने भएका छन् ।
२०१९ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आरसीबीले खराब प्रदर्शन गरेको थियो । त्यसको मुख्य कारण कप्तान विराट कोहलीले राम्रो गर्न नसक्नु भन्दै आलोचना भएको थियो । तर, आगामी संस्करणको लागि विराट काहलीले नै आरसीबीको कप्तानी सम्हाले भएका हुन् ।
विराट कोहलीको कप्तानीमा आरसीबीले १४ खेलबाट ५ खेलमा मात्रै जित हात पार्दा ८ खेलमा हार ब्यहोर्दै ११ अंक बनाएर अंक तालिकाको पुछारमा रहेको थियो ।
आरसीबीका प्रशिक्षक सिमोन कटिचले विराट कोहली नै कप्तान रहने बताएका छन् । प्रशिक्षक कटिचले भने, ‘हरेक क्षण फरक-फरक राय आउने गर्छ । विगत केहि हप्तादेखि कप्तान परिवर्तनको कुरा हुँदैछ । तर, हाम्रो लागि विराट नै कप्तान हुन् । यसमा प्रश्न छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4