+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवनमा भएको दुर्घटनामा ४ जना घाइते

रासस रासस
२०७६ असोज ३ गते २०:११

३ असोज,  चितवन । चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४: ५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन् ।

घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेमध्ये दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुईवटै सवारी साधनसहित ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?