Comments Add Comment

वीरगन्जमा फरक प्रतिभाहरुको चित्रकला प्रदर्शनी

Photo Credit : मञ्जु कार्की, बायाँबाट दोस्रो (सेतो टिसर्ट र गुलाबी रंगको पाइन्टमा) । फोटो : सुरेश बिडारी/अनलाइनखबर

४ असोज, वीरगञ्ज । मञ्जु कार्की (२२) को शारीरिक-मानसिक अवस्था जस्तै प्रतिभा पनि सामान्य मानिसको भन्दा फरक छ । उनी राम्रो चित्र बनाउँछिन् । केही वर्ष अघिसम्म घरेलु श्रमिक रहेकी उनले काठमाडौंको बोधिसत्व इन एक्सन (बीआईए फाउण्डेसन)मा आएपछि आर्ट थेरापी इन्सटिच्युटबाट चित्र बनाउन सिकिन् ।

यो फाउन्डेसनले अनाथ, श्रम शोषण तथा हिंसामा परेका, सेरेबुल पाल्सी, अटिज्म लगायत शारीरिक तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित बालबालिकाका लागि आर्ट थेरापी गराउँदै आएको छ । त्रिभुवन विश्वविद्यालयकी आर्ट लेक्चरर सपना शाह फाउन्डेसनमा आर्ट थेरापिष्ट छिन् ।

थेरापीपछि पनि राम्ररी बोल्न र हिँडडुल गर्न नसक्नेहरुले चित्र कलामार्फत आफ्ना मनका भावना व्यक्त गर्ने उनी बताउँछिन् । साताको दुइ दिन फाउन्डेसनका लागि छुट्याएकी उनका अनुसार, आर्ट थेरापीले शारीरिक-मानसिक समस्याका कारणले रिसाउने, रुने, चिच्याउने, अरुलाई आक्रमण गर्नेहरुमा राम्रो सुधार हुन्छ ।

फाउण्डेसनको आर्ट थेरापीमा प्रशिक्षण लिएकी मञ्जु कार्की लगायतको चित्र कला अहिले वीरगञ्जमा प्रदर्शन गरिएको छ । वीरगञ्ज महानगरपालिका- ३ छपकैयामा जारी प्रदर्शनीमा ८० वटा चित्र राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment