+
+

बहुप्रतीक्षित १९७४ एडीको कन्सर्ट आज साँझ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ४ गते ११:०४

लामो समयदेखि धेरै नेपाली श्रोताले प्रतीक्षा गरिरहेको कन्सर्ट नजिकै आइसकेको छ । आज साँझ ठमेलको आर्बिट्ररी समूहका साथ टुबोर्गले प्रस्तुत गर्ने १९७४ एडीको कन्सर्टले शनिबारलाई सङ्गीतमय बनाउनेछ। यस चर्चित ब्यान्डका सम्पूर्ण सुरुवाती सदस्यहरूले लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा आफ्नो प्रस्तुति पस्किँदा एउटा अविस्मरणीय साँझको अनुभव हुने आशा गरिएको छ  ।

आफ्ना गीत र साङ्गीतिक प्रस्तुतिका कारण संसारभर चर्चित १९७४ एडी विभिन्न विधाको सङ्गीतमा हात हाल्ने ब्यान्डका रूपमा चिनिएको छ र त्यसमा सफल पनि भएको छ । आजको साँझ पनि यस ब्यान्डले ‘नेपाली’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’ र ‘सम्झी बस्छु’ लगायतका आफ्ना लोकप्रिय गीतहरू समेट्दै विविध स्वाद पस्किएर मञ्च तताउनेछ ।

ब्यान्डका एक सदस्य एड्रियन प्रधान भन्छन्, “हप्तौँसम्म नयाँ गीत र विचारको अभ्यास अनि परीक्षण गरेपछि हामी आज केही नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछौँ । हामी यसका लागि अति उत्साही छौँ । हामी र हाम्रा श्रोताका लागि यो कन्सर्ट अत्यन्त रमाइलो र अविस्मरणीय हुनेछ भन्ने आशा राखेका छौँ ।”

“हामीलाई पनि यो विशेष साँझ कति बेला खुल्ला भनेजस्तो हतार भइसक्यो । धेरै वर्षपछि यो ब्यान्ड र सङ्गीतप्रममी श्रोतालाई एकै ठाउँमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ । आउनुहोस्, रमाउनुहोस्, हामी रोचक सङ्गीतका साथ तपाईँको मन हर्नेछौँ,” गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक वैभव शर्मा भन्छन् ।

कन्सर्ट असोज ४ गते शनिबार लर्ड अफ ड्रिङ्क्स (एलओडी), ठमेलमा साँझ ८ बजे हुनेछ ।  साँझ ६ बजेदेखि ढोका खुलिसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?