Comments Add Comment

बार्सिलोनाको २५ वर्षयताकै खराब प्रदर्शन, ग्रानाडासँग हार्‍यो

५ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा ग्रानाडासँग पराजित भएको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले बार्सिलोनालाई २–० गोलअन्तरले पराजित गरेको हो । ग्रानाडाको जितमा रमोन अजिज र अल्भारो भडिल्लोले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको ग्रानाडाले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको दोस्रो मिनेटमा नै रमोन अजिजले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा ग्रानाडाले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै अल्भारोले गोल गरेपछि बार्सिलोनाविरुद्ध ग्रानाडाले २–० गोलको जित निकालेको हो । पहिलो हाफमा मेस्सी र युवा खेलाडी फाती नखेलेको मौकामा ग्रानाडाले १ गोल गरेको भनिए पनि दोस्रो हाफमा उनीहरू मैदान छिर्दा पनि ग्रानाडा अर्को गोल गर्न सफल भयो ।

यही सिजनमा बढुवा भएर ला लिगा आएको ग्रानाडासँग स्टार खेलाडीले भरिएको बार्सिलोना पराजित हुनुलाई उसको २५ वर्षयताकै खराब प्रदर्शन भनिएको छ । बार्सिलोना ५ खेलबाट ७ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा छ । ग्रानाडा भने ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

स्पेनि ला लिगा फुटबलमै भएको अन्य खेलमा भिल्लारियलले रियल भ्यालाडोइडलाई २–० गोलअन्तरले पराजित गर्दा लेभान्टे र इबर तथा एथ्लेटिको मड्रिड र सेल्टा भिगोले भने गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment