
५ असोज, वासिङ्टन। अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।
स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ ।
घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ ।
गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4