+

वाटफोर्डमाथि म्यान्चेस्टर सिटीको ८ गोल ! सिल्भाको ह्याट्रिक

२०७६ असोज  ५ गते ७:३१ २०७६ असोज ५ गते ७:३१
वाटफोर्डमाथि म्यान्चेस्टर सिटीको ८ गोल ! सिल्भाको ह्याट्रिक

५ असोज, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डमाथि फराकिलो जित हात पारेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले वाटफोर्डलाई ८–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गोल गरे । त्यस्तै, डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महरेज, निकोलस ओटामेन्दी र केभिन डे ब्रयनले गोल गरे ।

खेलको पहिलो मिनेटमा नै डेभिड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको सातौ मिनेटमा सर्जियो अगुइरो, १२औं मिनेटमा रियाद महरेज, १५औं मिनेटमा बेर्नार्डोे सिल्भा र १८ औं मिनेटमा निकोलस ओटामेन्दीले गोल गर्दै पहिलो हाफसम्म म्यान्चेस्टर सिटीलाई ५–० गोलको अग्रता दिलाएका थिए ।

सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४८ औं र ६० औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ८५ औं मिनेटमा केभिन डे ब्रुयनले गोल गरेपछि सिटीले वाटफोर्डलाई ८–० गोलअन्तरले पराजित गरेको हो ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय