+
+
Shares

क्राउन हिमालयज र राइनो लजले ल्यायो २४ हजारको दशैं लक्षित प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते ११:२७

५ असोज, काठमाडौं । दशैंमा पोखरा र चितवन घुम्न चाहनेका लागि आकर्षक प्याकेज आएको छ। पोखराको क्राउन हिमालयज र चितवनको राइनो लजले बन्डलिङ गरेर प्याकेज ल्याएको हो। यो दुबै होटलका लगानीकर्ता एकै हुन् । दशैंका बेला घुमौं पोखरा-चितवन भन्ने नारासहित २३ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएका हुन्।यो नेपाली नागरिकलाई मात्रै लक्षित गरेर ल्याएको प्याकेज हो।

क्राउन हिमालयजका निर्देशक आग्रह अर्यालले दशैंको समयमा दुई पर्यटकीय नगरिमा स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिन खोजेको बताए। उनले चार रात पाँच दिनको प्याकेज ल्याएको बताए।

‘राइनो लजमा दुई रात र क्राउन हिमालयमा दुई रातको बसाई हुनेछ।आन्तरिक पर्यटकले चितवनमा हात्ति सफारी, बर्ड वाचिङ, क्यानोई राइड र इलेफेन्ट ब्रिडिङ सेन्टरमा निशुल्क घुम्न पाउनेछन्,’ अर्यालले भने,’साइट सिन, फेवातालमा एक घण्टा बोटिङ र एक जनालाई स्पामा २० प्रतिशत छुट हुनेछ भने दुबै होटलमा ब्रेकफास्ट निशुल्क हुनेछ।’

उनले पछिल्लो समयमा दशैंमा घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेज ल्याएको बताए।‘हाम्रो उदेश्य दशैंका बेलामा नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेज ल्याएका हौं।’ अर्यालले भने।

उनका अनुसार दुबै होटलमा पिकअप र ड्रप निशुल्क हुनेछ। यो नोभेम्बर ३ तारिखसम्म मात्रै लागु हुनेछ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?