Comments Add Comment

सकियो ‘द भ्वाइस’को ब्लाइन्ड अडिसन, कसको टिममा को-को ?

नेपालीमाझ सांगीतिक तरंग फैलाइरहेको लोकप्रिय रियलिटी शो ‘द भ्वाइस अफ नेपाल-२’ दोस्रो चरणमा पुगेको छ । हिमायलन टेलिभिजनबाट प्रसारण भइरहेको यो कार्यक्रमले ब्लाइन्ड राउन्डको बिट मारेको छ ।

ब्लाइन्ड राउन्डबाट आफुलाई अब्बल सावित गरेका १६ प्रतियोगीलाई चार जना कोचले आ-आफ्नो टिममा लिएको छ । दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतको समूहमा पुगेका यी प्रतियोगीहरु अब ब्याटल रिंगमा प्रवेश गर्दैछन् ।

रोचक त के भने, एउटै कोचको टिममा रहेका दुई प्रतियोगी ब्याटल राउन्डमा भिड्नेछन् । उक्त भिडन्तमा एकजनाले सधैका लागि मन्च छाड्नुपर्नेछ भने, अर्काले थप यात्रा तय गर्ने अवसर पाउनेछन् ।

प्रसारण भएको १२ एपिसोड पुगेपछि ब्लाइन्डट अडिसन सकिएको हो ।

टिम दिप

भेट्रान गायक दिप श्रेष्ठकै समूहमा रहेका प्रतियोगीले अघिल्लो संस्करणमा शीर्ष उपधाी हात पारेको थियो । यसपाली दीप श्रेष्ठको टिममा अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथविन्ऽ, सुमन, सुनिल र सुरज परेका छन् ।

टिम प्रमोद

चलचित्रको पाश्र्व गायनसँगै आधुनिक गीत गायनमा व्यस्त प्रमोद खरेलले पनि मिठो बोलीले आˆनो टिममा राम्रा ट्यालेन्टहरु ल्याएका छन् । प्रमोदको टिममा जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदिक्षा, शुसान्त, सुश्मा, बलबहादुर, विमोचना, विशाल, राजिव, सौगात र अमित परेका छन् ।

टिम राजु

गायक राजु लामाले पनि आˆनो टीममा आशलाग्दा ट्यालेन्टहरु पाएका छन् । टिम राजुमा भने अनुशा, बैशाली, विजय, गीता, करण, कुमार, पेक्क्षा, रेवन, समीर, सनिश, संजय, सशिका, श्रवण, सम्झना, श्रृष्टि र अन्जु परेका छन् ।

टिम आस्था

गायिका आस्था राउतले द भ्वाइसको कोचहरुमा महिलाको प्रतिनिधित्व गरिरहेकी छिन् । उनको टिममा आरिफ, झुप्री, कुमा, नविना, राजिव, रिता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृखला परेका छन् ।

ब्लाइन्ड अडिसनपछि अब ब्याटल राउन्ड सुरु हुनेछ । यस राउन्डमा भने एकै टिमका दुई ट्यालेन्टले एक-अर्कासँग प्रतिष्पर्धा गर्नेछन् । ब्याटलबाट प्रतेक कोचले आफ्नो टिममा ८ जना प्रतियोगी पाउनेछन् भने अर्को टिमबाट आउट भएको १ जनालाई स्टिल गरेर आˆनो टिममा लिन सक्नेछन् । गमी साताबाट द भ्वाइसको ब्याटल राउन्ड प्रशारण हुनेछ ।

द भ्वाइसलाई दर्शकले पनि निकै रुचाएका छन् । त्यो कुराको पुष्टी युट्युबमा भिडियो सार्वजनिक भएपछि आएको भ्यूज र ट्रेण्डिङमा परेको कुराबाट थाहा हुन्छ । द भ्वाइसका प्रायस एपिसोडले युट्युबको ट्रेण्डिङमा आफ्नो स्थान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment