Comments Add Comment

ओसाकाले जितिन् पान प्यासिफिक ओपनको उपाधि

५ असोज, काठमाडौं । नाओमी ओसाकाले पहिलो पटक पान प्यासिफिक ओपनको उपाधि जितेकी छिन् ।

अनास्टाजिया पाल्कुओचेन्कोवालाई सोझो सेटमा हराउँदै ओसाकाले घरेलु उपाधि जितेकी हुन् । २१ वर्षीया ओसाका यसअघि दुई पटक उपविजेता भएकी थिइन् । यो पटक रुसयिन खेलाडीलाई ६–२ र ६–३ को सेटमा हराइन् ।

विश्व वरियतामा चौथो नम्बरमा रहेकी ओसाकाले भनिन्, ‘यो त्यही शहर हो, जहाँ म जन्मिएकी थिएँ र मलाई एकपछि अर्को खेलमा निकै शक्ति दिन्छ ।’

‘म यहाँ खेल्न मन पराउँछु र अर्को वर्ष भेटौंला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment