Comments Add Comment

बझाङमा केदारस्युँको वडा कार्यालयमा आगजनी

Photo Credit : सांकेतीक तस्वीर/अनलाइनखबर ।

५ असोज, डोटी । बझाङको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

शनिबार राति वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् ।

आगजनी कस्ले गरेको हो भन्नेबारे खुलेको छैन । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए ।

प्रहरी टोली पुगेपछि मात्र आगजनीबारे यथार्थ खुल्ने उनले बताए । वडाकार्यालय पुग्न करिब चार पाँच घण्टाको पैदल हिँड्नु पर्छ ।

गत बुधबार राति बाजुराको जगन्नाथ गाउँपालिका-३ को कार्यालयमा पनि आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment