+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

एनआईसी एसियाका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १८:११

५ असोज, काठमाडौं ।  एनआईसी एसिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एसिया बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम एक हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै यस बैंकमा खाता नभएका व्यक्तिले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एसिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत नयाँ खाता खोल्न मिल्ने व्यवस्था पनि गरिएको छ। त्यहीँबाट इन्स्ट्यान्ट कार्ड प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरेका हुन्। आगामी ८ गतेदेखि कात्तिक १६ गतेसम्म योजना लागू हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?