+
+
Shares

नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन

स्काइपमार्फत् डा. बाबुराम भट्टराईले सपथ खुवाए

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १८:१५

काठमाडौं । नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ चयन भएका छन् ।

समाजको उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीरबहादुर राई, शोभा श्रेष्ठ रहेका छन् भने महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत चयन भएका छन् ।

प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेककुमार झालाई मनोनयन गरिएको छ।

नयाँ कार्यसमितिको युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथवेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्व मोक्तान क्विसन्सल्याण्ड संयोजकमा अमित शर्मा तास्मनिया संयोजकमा सुरज श्रेष्ठ, वेस्टर्न अस्ट्रेलिया संयोजकमा सिताराम पन्त चयन भएका छन्।

यसैगरी समितिका सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुणकुमार तामाङ, कमला पोखरेल, पुरन सायमी तथा संरक्षक समितिमा विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहम्बे, घनेन्द्र पियाक र तीर्थराज कार्कीलाई मनोनित भएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम बीच एकता भएपछि अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया र संघीय समाज अस्ट्रेलियालाई एकता गरी नेपाली समाज अस्ट्रेलिया बनाइएको हो ।

सिड्नीमा सम्पन्न एकता कार्यक्रमलाई नेपालबाट स्काइपमार्फत् डा. बाबुराम भट्टराईले सम्बोधन गरेका थिए।

कार्यक्रममा अस्ट्रेलियास्थित जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिङ लामा जनप्रगतिशील समाजका उपाध्यक्ष रामजी बस्नेत, सुदूरपश्चिम समाजका केशव जोशी, पोखरा समाजका राजकुमार अधिकारी, अबर्न नेप्लिज कमिटीका अध्यक्ष अशोक उप्रेतीलगायतले शुभकामना प्रदान गरेका थिए।

नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथसमेत डा. बाबुराम भट्टराईले स्काइपमार्फत् खुवाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?