
Photo Credit : प्रतिकात्मक तस्वीर
५ असोज, राजविराज । सप्तरीमा अज्ञात समूहले एक युवामाथि गोली हानेका छन् । राजविराटबाट डाक्नेश्वर नगरपालिका, ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको हो ।
उनीमाथि विशहरियास्थित कोशी पम्प नहरमा अज्ञात समूहले गोली हानेको थियो । उनको बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4