Comments Add Comment

अण्डकोषको दुखाइलाई बेवास्ता गर्नु खतरनाक

पछिल्ला केही वर्षदेखि पुरुषहरुमा अण्डकोषको क्यान्सरको समस्या बढिरहेको छ । अण्डकोषको क्यान्सर ६ महिनाभित्र खतरनाक अवस्थामा पुग्छ । त्यसको विस्तार पेटदेखि लिएर दिमागसम्म हुनसक्छ ।

अण्डकोषको क्यान्सरमा पछिल्लो अध्ययन गर्ने अमेरिकाको आर्मी मेडिकल सेन्टरका यूरोलोजी ओन्कोलोजिस्ट विभागका प्रमुख डा.जुड डब्लू मोलेका अनुसार अधिकांश पुरुषहरुले अण्डकोषको दुखाइलाई सामान्य रुपमा लिन्छन् । जसका कारण उनीहरु चिकित्सककहाँ निकै ढिलो गरी पुग्छन् । केही प्रतिशत पुरुषहरु चिकित्सककहाँ त पुग्छन्, तर उनीहरुले चिकित्सकको पहिचान गर्नमै गल्ती गर्छन् । साधारण समस्या सम्झिएर त्यसको उपचार गर्छन् ।

एक जना क्यान्सर रोग विशेषज्ञ चिकित्सकका अनुसार अधिकांश नेपालमै पनि धेरैजसो पुरुषहरु अण्डकोषको क्यान्सरका बारेमा अनभिज्ञ छन्, जसका कारण उनीहरु आफ्नो अण्डकोषमा आएको परिवर्तनतिर ध्यान नै दिँदैनन् । जब समस्या बढ्छ, त्यसपछिमात्र उनीहरु चिकित्सककहाँ पुग्छन् ।

हरेक पुरुषले आफ्नो अण्डकोषमा आएको परिवर्तनलाई ध्यान दिनु पर्छ । अण्डकोषको दुखाइ, सुजन, वरिपरिको भागमा हुने भारीपन, अनौठो महसुस हुनु, नियमित रुपमा हल्का दुखिरहनु, अचानक अण्डकोषको आकारमा परिवर्तन महसुस गर्नु, अण्डकोषमा गाँठो पर्नु, अण्डकोष धस्सिनु आदि लक्षणहरु देखिए भने तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ । पुरुषहरुमा यो समस्या कुनै पनि उमेरमा देखिन सक्छ ।

कुनै पनि व्यक्तिको अण्डकोषमा क्यान्सर हुन सक्छ । उक्त क्यान्सर हुने प्रमुख कारणहरु यस्ता छन्-

क्रिस्टोरचाइडिज्म

यदि कुनै युवकको बाल्यकालदेखि नै अण्डकोष शरीरभित्र पसिरहने समस्या छ भने उसलाई अण्डकोषको क्यान्सरको समस्या हुन सक्छ । क्रिस्टोरचाइडिज्मको उपचार बाल्यकालमै गराउनु पर्छ, ताकि ठूलो भएपछि त्यसमा कुनै ठूलो समस्या नआओस् । सर्जनले सानो शल्यक्रिया गरेर अण्डकोषलाई बाहिर निकालिदिन्छन् ।

आनुवंशिकता

यदि हजुर बुवा, बुवा, काका, भाइ आदि कसैलाई पनि अण्डकोषको क्यान्सरको समस्या छ भने तपाईं सावधान हुनु पर्छ । टीएसई अर्थात टेस्टिक्युलर सेल्फ एक्जामिनेसनद्वारा अण्डकोषको परिक्षण गराइरहनु पर्दछ ।

बाल्यकालको चोट

बाल्यकालमा खेल्ने क्रममा पनि कहिलेकाहिँ कसैलाई यदि अण्डकोषमा चोट लागेको छ भने ठूलो भएपछि उनीहरुको अण्डकोषमा क्यान्सर हुने सम्भावना अत्यधिक रहन्छ । बाल्यकालमा चोट लागेका पुरुषहरुको अण्डकोषमा कुनै पनि प्रकारको दुखाइ, सुजन आदि महसुस भयो भने तुरुन्त चिकित्सकहाँ पुग्नु पर्छ ।

हर्निया

हर्नियाको समस्याको कारणले पनि कसै-कसैलाई अण्डकोषको दुख्ने अथवा सुन्निने समस्या हुन्छ । त्यस्तो भयो भने तुरुन्त चिकित्सकको परामर्श लिनु पर्छ ।

हाइड्रोसिल

हाइड्रोसिलको समस्या भएको बेला अण्डकोषको थैलीमा पानी जस्ता पदार्थ जम्मा हुन्छ । यसो हुँदा अण्डकोष नदुखे पनि थैलीमा भारीपनले अण्डकोष प्रभावित हुन्छ, जसका कारणले अण्डकोषको क्यान्सर हुनसक्छ ।

नपुंसकता

नयाँ खोजका अनुसार इन्पोटेन्सी (नपुंसकता)को कारणले पनि अण्डकोषको क्यान्सर हुन सक्छ । डा.जूड मोलेका अनुसार जो व्यक्तिलाई अण्डकोषको क्यान्सरको समस्या पाइएको छ, उनीहरुमध्ये अधिकांश पुरुषहरु इन्पोटेन्सी अर्थात नपुंसकताको शिकार थिए ।

अण्डकोषको उपचार

अण्डकोष असामान्य लाग्दाबित्तिकै तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ । चिकित्सकहरुका अनुसार रगत तथा पिसाबको परीक्षण तथा अल्ट्रासाउण्डद्वारा रोग पत्ता लगाउने गरिन्छ । बिरामीको स्थितिलाई ध्यानमा राख्दै उनीहरुलाई औषधी, कीमोथेरापी अथवा शल्यक्रिया गर्ने सल्लाह दिइन्छ । जसरी महिलाहरुले आफ्नो स्तन स्वयंले परिक्षण गर्छन्, त्यसैगरी पुरुषहरुले पनि आफ्नो अण्डकोष स्वयंले परिक्षण गरेर जोखिमबाट बच्नु पर्दछ ।

सावधानी

विपरित पोजिसनमा सम्बन्ध राख्ने बेलामा अण्डकोषमा चोट नलागोस् भन्ने कुरामा ध्यान दिनु पर्छ ।

तीव्र गतिले हस्तमैथुन गर्नु हुँदैन,  त्यसले अण्डकोषमा चोट लाग्न सक्छ ।

कुनै पनि हालतमा शुक्राणुहरुलाई रोक्नु हुँदैन, तीनलाई बाहिर आउन दिनु पर्छ । अन्यथा तिनीहरु शुक्रबाहिनी नलीमै मरेर गाँठो बन्न सक्छन् । त्यही गाँठो पछि गएर क्यान्सरमा परिवर्तन हुने सम्भावना अत्यधिक रहन्छ ।

क्रिकेट, हक्की, फुटबल, कुस्ती आदि खेल खेल्ने बेलामा आफ्नो अण्डकोषको सुरक्षालाई ध्यान दिनु पर्छ । त्यसमा चोट लाग्नु हुँदैन । चोट लाग्यो भने तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ ।

टाइट अण्डरवेयर लगाउनु हुँदैन । कडा इलास्टिक भएको अण्डरवेयर पनि लगाउनु हुँदैन । त्यसले अण्डकोषमा बढी दबाव पर्न सक्छ ।

सुती अथवा हल्का रंगको अण्डरवेयर लगाउनु पर्छ । नाइलनको अण्डरवेयर लगाउँदा अण्डकोषमा हावा पुग्न पाउँदैन । गाढा रंगको अण्डरवेयरले पनि अण्डकोषलाई गर्मी हुनसक्छ ।

राति सुत्ने बेलामा अण्डरवेयर फुकाल्ने बानी बसाउनु पर्छ । जसका कारण अण्डकोषले प्रशस्त हावा पाउन सक्छ ।

अत्यधिक गर्मी हुने स्थानहरु जस्तै भट्टी, कोइला इञ्जिनका ड्राइभर, दामो दुरीका ट्रक ड्राइभर आदिले आफ्नो अण्डकोषलाई अत्यधिक गर्मीबाट बचाउनु पर्छ ।

अण्डकोषमा कुनै पनि प्रकारको तेलले तीव्र गतिमा मालिस गर्नु हुँदैन, त्यसले नोक्सान पुर्‍याउन सक्छ ।

अन्त्यमा, अण्डकोषमा कुनै पनि प्रकारको समस्या, पीडा, दुखाइ अथवा परिवर्तन महसुस गर्नु भयो भने चुप लागेर बस्नु हुँदैन, तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ । अण्डकोषका हरेक समस्याहरु क्यान्सर नै हुन्छन् भन्ने छैन तर कालान्तरमा उक्त समस्याले क्यान्सरलाई जन्म नदेलान् भन्न सकिन्न । त्यसैले त्यसअघि नै कुनै पनि समस्यालाई गम्भीर रुपमा लिनु पर्छ र त्यसको तत्काल उपचार गराइहाल्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment