Comments Add Comment

पार्टनरले बिहेको कुरा टार्न थालेपछि…

हिजो आज ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड हुनु भनेका सामान्य कुरा भैसकेको छ । कतिपयले ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउनुलाई प्रतिष्ठाको विषय ठान्छन् ।

त्यसो त हाम्रो जीवनमा एउटा त्यस्तो मोड आउँछ, जहाँ हामीलाई कुनै एउटा पार्टनरको आवश्यकता पर्छ । जब हामीले आफ्नो पार्टनर भेट्छौं, उनीहरुसँग जीवनमा अनेक-अनेक सपना सजाउन थाल्छौं । विशेष गरेर युवतीहरु यस बारेमा धेरै नै संवेदनशील हुन्छन् । उनीहरु आफ्नो पार्टनरप्रति धेरै नै आशा राख्न थाल्छन् । जब उनले आफ्नो पार्टनर आफ्नो आशा पूरा गर्न असफल भएको पाउँछिन्, उनी भित्रैबाट दुःखी हुन्छिन् । तर, यी सबै कुराहरु बाहेक पनि आफ्नो र आफूले रोजेको पार्टनरसँगै आफ्नो विवाह हुन्छ भन्ने उनको मनमा आशाको किरण बाँकी रहेको हुन्छ ।

तर, यसको ठीक विपरीत युवकहरु विवाहको कुरा उठ्नेबित्तिकै अनेक बहाना बनाएर त्यसलाई टार्न खोज्छन् । विवाहको कुरा उठेपछि युवकहरु यसबारेमा आफू तयार नभएको, अहिले केही पनि नसोचेको जस्ता कुरा गरेर विवाहको कुरालाई टार्ने प्रयास गर्छन्, जसले युवती असुरक्षित महसुस गर्न थाल्छिन् । युवतीहरुले आफूले रोजेको र भविष्यको सपना देखेको आफ्नो पार्टनरको त्यस्ता प्रतिक्रिया देखेर असुरक्षित महसुस गर्नु स्वाभाविक नै हो । त्यस्तो स्थितिमा युवतीहरुले केही कुराहरुमा ध्यान दिनु अति नै आवश्यक छ ।

सर्वप्रथम तपाईं एक महिला हो भन्ने सोचेर कहिल्यै चुप लागेर बस्नु हुँदैन । यदि तपाईंलाई आफ्नो पार्टनरले विवाहको कुरा टार्छ भने त्यहाँ केही गडबड छ भन्ने बुझ्नुहोस् र आफ्नो पार्टनरसँग तुरुन्त ‘फेस टू फेस’ कुरा गर्नुहोस् ।

वास्तविक कुरा के हो स्पष्ट हुनुहोस् । कुरा स्पष्ट भएन भने सम्बन्ध सुमधुर बनाउन गाह्रो हुन्छ । यति हुँदा पनि तपाईंको पार्टनरले घुमाउरो कुरा गर्ने अथवा बहाना बनाउने गर्छ भने उसलाई आफूसँग विवाह गर्ने कि नगर्ने भनेर सीधै प्रश्न गर्नुहोस् ।

प्रायः युवतीहरु माया-प्रेमको कुरा सुनेर भावुक हुन्छन्, तर त्यसो गर्नु मूर्खता हो । आफ्नो जीन्दगी अरुमा निर्भर हुन दिनु हुँदैन, साथै कोहीप्रति पनि आशावादी हुनु हुँदैन । किनभने जीन्दगीमा कुन समय कस्तो मोड आउँछ भन्ने कुरा थाहा हुँदैन । तपाईंको पार्टनरले तपाईसँग विवाह गर्दैन भने उसको पछि लागेर आफ्नो अमूल्य समय खेर नफाल्नुहोस् र उसले तपाईंलाई छोडेर जाँदैमा तपाईंको संसार नै अँध्यारो हुन्छ भन्ने सोचाइ नराख्नुहोस् । आफ्नो पार्टनरबिना पनि खुशीसाथ जीवन बिताउन सक्छु भन्ने बलियो विश्वास राख्नुहोस् ।

जब तपाईंलाई आफ्नो पार्टनरको व्यवहारमा विश्वास लाग्न छोड्छ, विवाहको कुरा सुन्न तयार नभएको महसुस हुन्छ र विवाहको कुरा सुनेर पनि बारम्बार टार्छ भने तपाईंले आफ्नो जीवनमा परिवर्तन ल्याउन आवश्यक छ अर्थात् जीवनको बाटो अन्तै मोड्नु जरुरी हुन्छ । किनभने यस्तो सम्बन्धको अन्त्य यसरी नै हुन्छ । किनभने तपाईं यस्तो सम्बन्धलाई जति तन्काउनु हुन्छ पछि आफैंलाई पीडा हुन्छ ।

यदि तपाईंको पार्टनर आफूप्रति कुनै चासो राख्दैन, विवाहको कुरा पनि गर्दैन भन्ने लाग्छ भने उसँग समयमा नै अलग हुनु बुद्धिमानी हुन्छ । तपाईंको आफ्नो जीवनबिना कुनै दबाव आफूले चाहेअनुरुप खुलेर जिउने अधिकार तपाईंलाई छ ।

त्यसैले यदि तपाईंको पार्टनरले विवाहको कुरालाई टार्न खोज्छ भने तपाईंले उसँग सम्बन्ध तोडेर आफ्नो जीवन आफूले चाहेअनुरुप, बिना कुनै समस्या बाँच्नु बुद्धिमानी हुन्छ । आफ्नो पार्टनरलाई सम्झेर, उसँग बिताएका क्षणलाई सम्झेर रुनु, उदास बस्नु भनेको आफ्नो समय खेर फाल्नु मात्र हुन्छ ।

हरेक माया गर्ने प्रेमीहरु धोकेवाज हुन्छन् भन्ने हाम्रो उद्देश्य होइन । सबै प्रेम गर्नेले धोखा दिन्छन् भन्ने पनि हुँदैन । कहिलेकाहीँ विभिन्न बाध्यताले पनि दुई प्रेम गर्ने प्रेमीहरु अलग हुन्छन् । नचाहँदा-नचाहँदै पनि आफ्नो माया गर्ने व्यक्तिबाट टाढा हुनु पर्ने बाध्यता आउँछ, त्यस्तो स्थितिमा तपाईं आफूलाई सम्हालेर जीवनमा अगाडि बढ्नु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment