
Photo Credit : प्रतीकात्मक तस्वीर
६ असोज, काठमाडौं । भोजपुरबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
भोजपुर नगरपालिका-१० गजुरमुंखी भीर नजिकबाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले ट्याम्केमैयुङ गाउँपालिका-५ चालन्तीका ४३ वर्षीय बमबहादुर बिष्टलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एउटा प्लाष्टिक हेण्ड ग्रिनेड, २ वटा अटोमेटिक पेस्तोल, २ थान म्याग्जिन, १० राउण्ड गोली, २ वटा मोवाइल, १२ वटा सिमकार्ड र ५ हजार ९७० रुपैयाँ बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4