Comments Add Comment

‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितेकी बेनिशाको नयाँ फिल्म कुन ?

तीन वर्षदेखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो वर्ष वितरण गरियो । वि.सं २०७४ सालमा रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’बाट नायिका वेनिशा हमालले ‘उत्कृष्ट अभिनेत्री’को पुरस्कार हात पारिन् ।

‘राष्ट्रिय पुरस्कार’ जितिसके अर्की नायिका स्वस्तिमा खड्का अहिले यसको दबाब महशुश गरिरहेकी छिन् । चलचित्र असफल हुने वित्तिकै, चलचित्रमा खराब काम गर्दा उनलाई यो अवार्डले थिच्ने गरेको छ । तर, नायिका बेनिशा हमाललाई भने देशकै सबैभन्दा ठूलो चलचित्र पुरस्कार पाउँदा पनि चलचित्रकर्मीले खासै पत्याएको देखिएको छैन । चलचित्र ‘घर’ रिलिजपछि बेनिशाको हातमा चलचित्र छैन । उनलाई, निकै कम मात्र चलचित्र अफर गरेको वुझिन्छ ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाएपछि कलाकारमा राम्रो काम गर्नुपर्ने दबाब झनै थपिन्छ । बेनिशाले पनि चलचित्रमा काम देखाउन पाएकी छैनन् । उनले अभिनय गर्ने भनिएको चलचित्र ‘टुल्की’को पनि चर्चा अहिले सेलाएको छ । वेनिशाका सामाजिक संजाल घुमघामकै तस्वीरमा बढी रंगिएका छन् ।

हुनत, कलाकारहरु चलचित्रको अफर नआउँदा पनि स्क्रिप्ट चित्त नवुझेर काम नगरेको जवाफ दिन पछि पर्दैनन् । बेनिशाले केही चलचित्रमा राम्रो काम गरेर देखाएकी पनि छिन् । तर, उनको स्टारडम भने दर्शकमाझ खासै गतिलोसँग बस्न सकेन । सायद, यही कारणले पनि उनलाई राम्रो ब्यानरका चलचित्रमा काम गर्न समस्या भएको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment