Comments Add Comment

साहिदको प्रश्न–‘बाजिगर’मा साहरुखले शिल्पालाई मार्दा किन प्रश्न उठेन ?’

चलचित्र ‘कविर सिंह’मा काम गरेपछि बलिउड नायक साहिद कपुरको चर्चा निकै चुलियो । डुब्न लागेको उनको करिअरलाई यो चलचित्रले नयाँ उचाइमा लगिदियो । उनको कामको तारिफ खुबै भयो ।

चलचित्रको प्रशंसासँगै केही विरोधहरु नआएका भने होइनन् । चलचित्र पूर्ण रुपमा पुरुषवादी भएको र महिलालाई हेपेको आरोप चलचित्रलाई लागेको थियो । चलचित्र रिलिज भएको लामो समयपछि साहिदले यो विषयमा बोलेका छन् ।

इन्डिया टुडेले आयोजना गरेको एक कार्यक्रममा सहभागी साहिदले भनेका छन्–‘कविर सिंहलाई एडल्ट सर्टिफिकेट दिइएको थियो । यसको मतलब उनीहरुले सही र गलत छुट्याउन सक्छन् । चलचित्र भनेको फिक्सन हो । त्यसलाई बुझ्न जरुरी हुन्छ ।’

उनले थपे–‘तपाई अभिताभ बच्चनले आफ्नो चलचित्रबाट हरेकलाई चोर बन्न सिकाए भनेजस्तो कुरा गरिरहनु भएको छ । साहरुख खानले ‘बाजिगर’मा शिल्पा सेट्ठीलाई मार्दा आवाज नउठानेहरु यसमा किन विरोध गरिरहनु भएको छ मैले बुझ्न सकिन ।’

विरोधका बावजुद पनि चलचित्रले पाएको सफलताबाट भने साहिद निकै खुसी छन् । साउथ चलचित्र ‘अर्जुन रेड्डी’को रिमेक चलचित्र भएपनि यो चलचित्रले भारतीय बक्स अफिसमा २ सय ७८ करोडको व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment