
६ असोज, काठमाडौं । बालबालिका खोज तलास तथा समन्वय केन्द्रले २८ जना सडक बालिबालिकाको उद्धार गरेको छ ।
आइतबार दिनभर केन्द्रले चलाएको अपरेशनका क्रममा १२ जना बालिकासहित ३८ जनालाई उद्दार गरिएको हो ।
केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय प्रहरीको सहयोगमा बेवारिशे बालबालिकाको उद्धार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘उद्धार गरेर हामीले सुधार गृहमा पठाएका छौं ।’
उनका अनुसार काठमाडौंको ठमेल, पशुपती, बालाजु, बसपार्क लगायतका क्षेत्रबाट बालबालिकाको उद्धार गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4