Comments Add Comment

श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई ५ सयमा प्लेन चढाउने !

६ असोज, काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडामा सेवा दिने भएको छ । कम्पनीका अनुसार यो १२ असोज २०७६ बाट लागु हुने भएको छ ।

प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छूटको घोषणा गरेपछि पहिलो पटक नेपाल एयरलाइन्सले ५० प्रतिशत छूट घोषणा गरेको थियो ।

श्री एयरलाइन्सले सांकेतिक रुपमा उक्त घोषणाको समर्थन गर्दै जेष्ठ नागरिकका लागि छूटको अफर ल्याएको हो । मानन्धरका अनुसार यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने भएको छ ।

सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने भएको छ । चेक इनका बखत उमेर खुल्न नसके छूट नपाइने कम्पनीले उल्लेख गरेको छ ।

यो छुट श्री एयरलाइन्सले बेलाबेला सार्वजनिक गर्ने अफर फेयरमा भने लागु नहुने बताएको छ । टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने भएको छ ।
श्री एयरलाइन्सले ६ वटा कम्पनीबाट आन्तरिक सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment