Comments Add Comment

करण भन्छन्–‘साहरुख स्टारडमका मालिक हुन्’

बलिउडका चलचित्र निर्माता करण जोहर र नायक साहरुख खानको मित्रता निकै नै पुरानो छ । कहिलेकाही साहरुख र करणको सम्बन्धलाई लिएर ट्रोल समेत बन्ने गरेको छ । करणले आफ्नो पहिलो चलचित्र नै साहरुखसँग बनाउने सपना बुनेका थिए, जसमा उनी सफल पनि भए । हुनत, गतबर्ष साहरुखको ‘जिरो’ र करणको ‘सिम्बा’को रिलिजको समयमा उनीहरुविच ठूलै समस्या समेत देखिएको थियो । तर, यी दुइले एकअर्काको समर्थन गर्न भने कहिले छाड्दैनन् ।

चलचित्र ‘जीरो’ बक्स अफिसमा असफल भएपछि गम्भिर देखिएका नायक साहरुख खानलाई करणले समर्थन गरेका छन् । हालै एक कार्यक्रममा बोल्ने क्रममा उनले साहरुखको स्टारडमको खुलेर प्रशंसा गरेका छन् । उनले साहरुखको स्टारडम सधै कायम रहने बताएका हुन् । करणले भने–‘साहरुख बलिउडका सुपरस्टार हुन् । उनको स्टारडम सधै कायम रहन्छ ।’

साहरुखको केही चलचित्र असफल भएपछि बजारमा उठेका विभिन्न खालका टिप्पणीमा पनि करणले जवाफ दिएका छन् । उनले भनेका छन्–‘सबै चलचित्रहरु सफल हुन्छन् भन्ने छैन । केही चलचित्रबाट असफलता पनि खेप्नु पर्ने हुन्छ । त्यसको दोषी साहरुख मात्र होइनन् । म त उनलाई ‘मेगास्टार’ नै भन्छु ।’

करणले साहरुखलाई ‘स्टारडमका मालिक’ समेत भनेका छन् । करणले भने–‘साहरुखले हरेक स्थानमा स्टारडम देखाएका छन् । जब स्टारडमको कुरा आउँछ, साहरुखको नाम अगाडि आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment