+
+
Shares

नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनजस्तै : खाँड

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १६:२७

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संस्था जस्तो बन्न खोजेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रमुख सचेतक खाँडले भने, ‘अहिले नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीको आर्थिक मोडालिटी मात्र होइन, राजनीतिक मोडालिटीमा नेकपा अगाडि बढाउने सोचका साथ तालिमको सुरुवात गर्नुभएको छ ।’

चिनियाँ पार्टी कसरी चलेको छ, कसरी नियन्त्रण गरेको छ भनेर नेकपालाई प्रशिक्षण दिन चिनियाँ कम्युनिस्ट पार्टीका विज्ञहरु आएका उनले बताए ।

‘कुनै पार्टीसँग भाइचारा सम्बन्ध हुनसक्छ, देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध हुन्छ तर त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था छ, हुबहु अर्को मुलकमा हुनुपर्छ भन्ने मान्यता नै अलोकतान्त्रिक हो, अप्रजातान्त्रिक र राष्ट्रघाती हो’, नेता खाँडले भने ।

उनले नेकपा जसरी अगाडि बढेको छ, त्यो नेपाली जनता र राष्ट्रवादका लागि चिन्ताको विषय भएको बताए ।

कार्यक्रममा कांग्रेसका अर्का नेता एनपी साउदले नेकपा नेतृत्वको वर्तमान सरकारको प्रष्ट परराष्ट्र नीति नै नभएको बताए । नरेन्द्र मोदी नेपाल आउँदा भाजपालाई अँगाल्ने र चिनियाँ नेता आउँदा ‘सी पथ अँगाल्ने’ गरेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?